नियम
दर्ताको प्रमाणपत्र नवीकरण
(१) ऐनको दफा ३१ बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गराउन चाहेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले आवश्यक प्राविधिक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य
व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्र नवीकरण गर्न सक्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहाय बमोजिमका सवारीको दर्ता प्रमाणपत्रको नवीकरण शुरु दर्ता गर्ने कार्यालयले मात्र नवीकरण गर्नेछः–
(क) कुटनैतिक सवारीको रूपमा दर्ता भएका,
(ख) कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरूको नाममा दर्ता भएका,
(ग) अस्थायी दर्ता भएका ।
(४) एउटा कार्यालयबाट दिइएको दर्ताको प्रमाणपत्र अर्को कार्यालयबाट नवीकरण गरिएकोमा त्यसरी नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो सवारी दर्ता गर्ने कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सवारी दर्ता भएको कार्यालयले पनि त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र नवीकरण भएको व्यहोरा अनुसूची–५ बमोजिमको सवारी दर्ता किताबमा जनाउनु पर्नेछ ।